१० माघ,सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका ११ स्थित जनजागृति माध्यमिक विद्यालयले ५५ औं वार्षिक उत्सव तथा १४ औं अभिभावक भेला सम्पन्न गरेको छ । बुधवार विद्यालयको प्राङ्गणमा ११ नम्बरका वडाअध्यक्ष चन्द्रबहादुर तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तामाङले विद्यालयको शैक्षिक गुणस्तरका लागि वडाले सक्दो सहयोग गर्ने बताए । नगरपालिकासँग संमन्वय गर्दै विद्यालयको विकासका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै मेलम्ची नगरपालिका शिक्षा शाखाका सुनिल कुमार भण्डारीले नगरपालिकाले शिक्षा क्षेत्रमा गरेका कामको बारेमा जानकारी गराए ।
कार्यक्रममा इन्द्रावती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तथा शिक्षासेवी राधाकृष्ण श्रेष्ठले सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धिको लागि निरन्तर लागिपर्ने बताए । उनले विद्यालयको उन्नती प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरे । कार्यक्रममा ईन्द्रेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठले प्राविधिक विषय अध्ययन गर्न चाहने २ जना विद्यार्थीका लागि ईन्दे्रश्वरीमा निशुल्क अध्ययन गर्ने व्यवस्था मिलाउने बताए । कार्यक्रममा शिक्षक विद्यार्थी सम्मान र पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीहरुले विभिन्न साँस्कृतिक तथा सांगितिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।
पछिल्लो समय विद्यार्थीहरुको शैक्षिक गुणस्तरका लागि सिकाई प्रक्रिया लगायत विभिन्न विषयमा विशेष योजनाका साथ विद्यालय लागिरहेको जनजागृतिका प्रधानाध्यापक इन्द्र कुमार तामाङले जानकारी दिए ।
No comments:
Post a Comment