आँखा पाक्ने रोग अर्थात् भाइरल कन्जंक्टिभाइटिस || जनचेतनामूलक भिडियो शन्देस || - Janajagriti Secondary School

नयाँ सामग्री

Post Top Ad

Wednesday, August 23, 2023

आँखा पाक्ने रोग अर्थात् भाइरल कन्जंक्टिभाइटिस || जनचेतनामूलक भिडियो शन्देस ||

 आँखा पाक्ने रोग अर्थात् भाइरल कन्जंक्टिभाइटिस

हाल नेपालका विभिन्न जिल्लाहरुमा भाइरल कन्जंक्टिभाइटिस  अर्थात् आँखा पाक्ने समस्या देखिएकोले सर्तक रहौँ ।

लक्षणहरु

Ø आँखा रातो हुने र चिलाउने

Ø आँखाबाट आँसु बगिरहने वा कचेरा÷चिप्रा लाग्ने

Ø आँखाको ढकनी रातो हुने, सुन्निने 

Ø आँखा बिझाउने÷दुख्ने

Ø घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने

रोकथामका उपायहरु

Ø भाइरल कन्जंक्टिभाइटिस (आँखा पाक्ने रोग) सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । त्यसैले रोकथामका निम्न उपायहरु अपनाएर आँखा पाक्ने रोगबाट बचौँ।

Ø संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने र संक्रमित व्यक्ति भिडभाडमा नजाने

Ø संक्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै टावेल, रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने

Ø जथाभावी आँखा नछुने, आँखा छुनु परेमा छुनु अघि वा छोइसके पछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने

Ø संक्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै टावेल, रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने

Ø व्यक्तिगत सरसफाइमा ध्यान दिने ।

भाइरल कन्जंक्टिभाइटिस भइहाले अत्तिनु पर्दैन । यो रोग १ देखि २ हप्तामा आफैँ निको हुन्छ । स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधी प्रयोग नगरौँ ।

आँखा पाक्ने रोग अर्थात् भाइरल कन्जंक्टिभाइटिस लागेमा के गर्ने <

भाइरल कन्जंक्टिभाइटिस  रोग घरमै स्याहार गरे १ देखि २ हप्तामा आफैँ निको हुन्छ ।

घरमा स्याहार गर्दा ध्यान दिनु पर्ने कुराहरु

Ø बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने ।

Ø आँखा नमिच्ने र आँखामा पानी  नछ्याप्ने।

Ø आँखा छोइसकेपछि साबुन पानीले  मिचिमिचि  राम्रोसँग   हात धुने ।

Ø प्रशस्त मात्रामा पानी  र पोषिलो खाना खाने । 

Ø बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने ।

Ø संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन धुने   वा सफा गर्ने ।

Ø सक्रमित व्यक्तिले प्रयोग गरेको सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने ।

स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधी प्रयोग नगरौँ । दृष्टि कम हुने लगायतका आँखा सम्बन्धी समस्या बढेमा उपचारको लागि तुरुन्त स्वास्थ्यसंस्था जाऔँ ।


 

No comments:

Post a Comment

Post Top Ad

विद्यालयः  जनजागृति माध्यमिक विद्यालय

ठेगानाः मेलम्ची न.पा. वडा नं -११, कटुञ्जे, सिन्धुपाल्चोक

सम्पर्क नंः ९८४१०९२३८४

इमेलः janajagritimelamchi@gmail.com

वेभसाइटः www.jjssmelamchi.edu.np